Tuesday, January 16, 2018

औँलामा गन्न सकिने मान्छे : रोचक घिमिरे - मातृका पोखरेल


केही मान्छेहरूसँगका सम्बन्धहरूले मलाई निकै प्रभावित बनाएका छन् । त्यसरी प्रभावित बनाउने मानिसहरू निकै थोरै छन् । अझ हाम्रोमा भन्ने चलन छ, ‘औँलामा गन्न सकिने' । वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेसँग मलाई प्रभावित बनाउने त्यस्तै सम्बन्ध रह्यो ।

‘वेदना’ साहित्यिक पत्रिका चलाउँदा साहित्यिक पत्रकारहरूको एउटा छाता सङ्गठनको आवश्यकता अत्यन्तै खट्टिएको थियो । साहित्यिक पत्रिकाका समस्या राख्ने ठाउँ र पहल गरिदिने संस्थाको आवश्यकता धेरै साथीहरूलाई भइसकेको रहेछ । हुन त, साहित्यिक पत्रकार सङ्घ भन्ने संस्था नभएको होइन । राजधानीका सडक छेउकै घरमा बोर्ड झुण्ड्याएर बसेको थियो । नेपाली साहित्यिक पत्रकारिताका शिखर पुरूष भवानी घिमिरेले स्थापना गरेको त्यस संस्थाको इतिहास पनि कम लर्तरो थिएन । भवानी घिमिरेकै अगुवाईमा निरङ्कुश पंचायतकालको मध्यतिर वि.पि.कोइरालालाई सार्वजनिक अभिनन्दन गर्ने आँट भएको जोदाहा संस्था थियो त्यो । तर समयक्रममा साहित्यिक पत्रकार सङ्घ एउटा मरन्च्यासे संस्थाको रूपमा परिवर्तित हुँदै गयो । हामीलाई साहित्यिक पत्रकारको छाता सङ्गठनको आवश्यकता महशूस भइरहेको बेला त्यो संस्था साहित्यिक पत्रकारहरूको नेतृत्व गर्ने हैसियतमा थिएन । संस्थामा अधिकांश आजीवन सदस्यहरू गैर साहित्यिक पृष्ठभूमिका र नेविको विष्कुट कम्पनीका मजदूर साथीहरू थिए । कुनै समयमा चुनाव जित्नका लागि बनाइएका आजीवन सदस्यहरूको वर्चस्व त्यहाँ रहेछ । त्यही संस्थालाई परिमार्जन गरेर वास्तविक साहित्यिक पत्रकारहरूको छाता सङ्गठन बनाउन सकिन्छ कि भनेर प्रयत्न पनि गरिए । तर, साहित्यिक पत्रकारहरूसँग नाता सम्बन्ध जोड्ने भन्दा अरूनै काममा रमाउन मन पराउने संस्थाका रूपमा साहित्यिक पत्रकार सङ्घ रहिसकेको ठहर गरेपछि हामी केही साहित्यिक पत्रकार साथीहरू नयाँ संस्थाको अभियानमा लाग्यौँ ।

साहित्यिक पत्रकार सङ्घले साहित्यिक पत्रकारहरूको नेतृत्व गर्न सम्भव छैन भन्ने निस्कर्षमा हामी मात्र होइन, प्रेस काउन्सिल पनि पुगेको रहेछ । पोखरामा प्रेस काउन्सिलले एउटा साहित्यिक पत्रकारिता सम्बन्धी गोष्ठी गरेको थियो शायद २०५६÷५७ सालतिर । ‘वेदना’ साहित्यिक त्रैमासिकको तर्फबाट त्यो गोष्ठीमा म पनि सहभागी भएको थिएँ । त्यही गोष्ठीमा देशभरीका धेरै साहित्यिक पत्रकारहरू सहभागी हुनुभएको थियो । साहित्यिक पत्रकारहरूको एउटा छाता सङ्गठनको जरूरी छ भनेर हामीले प्रशस्तै विमर्श ग¥यौँ त्यहाँ । कवि विनय रावल त्यस विमर्शको मूल केन्द्रमा हुनुहुन्थ्यो । काठमाडौँ आइसकेपछि कवि विनय रावलको कार्यालय राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा धेरै पटक छलफल ग¥यौँ । प्राय ः ती छलफलहरूमा विवस वस्ती, चेतनाथ धमला र म नियमित जस्तै हुन्थ्यौँ ।

केही वर्षको छलफल र विमर्श पछि नकुल शिलवालको नेतृत्वमा हामीले नेपाल साहित्यिक पत्रकार सङ्घ बनायौँ । तर, त्यसबेलासम्म कवि विनय रावलले हामीलाई छाडेर गइसक्नुभएको थियो । शायद, विनय रावलको निधन नभएको भए हामी नेपाल साहित्यिक पत्रकार सङ्घको अध्यक्षमा विनय रावललाई नै राख्थ्यौँ होला । कुनै एक समय यो संस्था स्थापना गर्न विनय रावलकै संयोजकत्वमा उहाँकै कार्यालयमा बसेर एउटा सानो समिति पनि बनाएका थियौँ । विनय रावलको निधन भइसकेपछि हामीले नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना गर्न सक्यौँ । यो संस्थाको आधार तयार पार्न कवि विनय रावलको प्रसस्त श्रम र पसिना खर्च भएको छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना नेपालको साहित्यिक पत्रकारिताको विकासको लागि एउटा महŒवपूर्ण खुट्किलो थियो । संस्था स्थापना त भयो तर हाम्रा अघिल्तिर प्रशस्तै चुनौतिहरू थिए । धेरै चुनौतिहरूमध्ये एउटा चुनौति सवल नेतृत्वकै थियो । नेताको खोजी गर्दै हिड्ने क्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेसँग मेरो भेट भयो । भेट त त्यो भन्दा पहिले कार्यक्रमहरूमा भइरहेकै थियो । तर लामो छलफल र भलाकुसारी गरेको पहिलो भेट त्यही थियो । वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र मैले त्यो समय उहाँसँग लामो छलफल ग¥यौँ । त्यसपछिका केही वर्ष उहाँसँग नजिकै रहेर विताउने अवशर मैँले प्राप्त गरेँ । यसैगरी सुरू भयो, नेपालको साहित्यिक पत्रकारिताका शीखर व्यक्तित्व रोचक घिमिरेसँगको मेरो सहयात्रा ।

कुनै न कुनै किसिमले यो पछिल्लो दशक मैले उहाँको सान्निध्यमा रहेर काम गर्ने अवशर पाएँ । यिनै अनुभव र अनुभूतिका आधारमा मैले उहाँका बारेमा केही भावनात्मक कुरा गर्ने धृष्ठता गरेको छु । रोचक घिमिरेको व्यक्तित्व बहुआयामिक छ । तापनि उहाँका तीनवटा व्यक्तित्वका उचाइलाई मैले टाढैबाट प्रष्ट देखिने गरी अग्लो देखेकौ हुँ । उहाँका तीनवटा उचाइलाई मैले यहाँ थोरै चर्चा गर्ने छु ।

 साहित्यिक पत्रकार व्यक्तित्व

नेपाल साहित्यिक पत्रकारितामा ‘रचना’ पत्रिकाको नाम अत्यन्तै श्रद्धा र आदरका रूपमा लिइन्छ । २०१८ सालबाट प्रकाशन आरम्भ भएको यो पत्रिका अहिलेसम्म निरन्तर प्रकाशित भइरहेको छ । भैरव अर्याल, रमेश विकल र रोचक घिमिरेको पहलमा प्रकाशित भएको रचना पत्रिकाले अहिलेसम्म आइपुग्दा ५६ वर्ष पुरा गरेको छ । नीजि क्षेत्रबाट ५६ वर्षसम्म लगातार साहित्यिक पत्रिका प्रकाशन हुनु आफैमा सामान्य घटना हुनै सक्दैन । यो निष्काम कार्यका बारेमा जति प्रशंसा गरे पनि कमै हुन्छ भन्ने मलाई लाग्छ ।

‘रचना’ पत्रिकालाई एउटा साहित्यिक पत्रिकाको आँखाले मात्र हेरियो भने पनि त्यो पूर्ण हुन्छ भन्ने मलाई लाग्दैन । रचना पत्रिका एउटा पाठशाला हो र सफल पाठशाला हो । यसलाई यसरी पनि हेरिनु पर्छ । यही पत्रिकामा पहिलो पाइलो टेकेर धेरै स्रष्टाहरूले नेपाली साहित्यमा आफूलाई स्थापित गराएका छन् । चर्चित कवि तुलसी दिवसले ‘हृदयको बालक’ कविता ‘रचना’ मैं पहिलो पटक प्रकाशित गराएर नेपाली काव्य जगतमा प्रसिद्धि कमाए । भैरव अर्यालको पहिलो हास्यब्यङ्ग्य ‘टि पार्टी’ रचनामैँ प्रकाशित भयो । बालकृष्ण समको ‘मृत्यु पछिको अभिव्यन्जना’ जस्तो चर्चित कविता रचनामैँ पहिलो पटक प्रकाशित भयो । पारिजातको अत्यन्तै चर्चित कथा ‘मैले नजन्माएको छोरो’ पहिलो पटक रचना पत्रिका मार्फत बाहिर आयो । भूपि शेरचनको ‘हुँदैन विहान मिरमिरे तारा झरेर नगए’ भन्ने प्रसिद्ध कविता पहिलो पटक छाप्ने पनि रचना पत्रिका नै थियो ।

डा.गोविन्दराज भट्टराईको पहिलो समालोचना, जगदीश घिमिरेको पहिलो कथा, मनु ब्राजाकीको पहिलो कथा, शैलेन्द्र शाकारको पहिलो  कविता छाप्ने श्रेय रचनालाई नै जान्छ । पहिलो पटक रचनाको धर्तिमा टेकेर साहित्यको यात्रामा निस्कने स्रष्टाहरूको नाम दिने हो भने लामै सूची बन्न सक्छ । पुराना पुस्ताका स्रष्टाहरू मात्रै होइन नयाँ पुस्ताका स्रष्टाहरू जयदेव भट्टराई, सन्ध्या पहाडी सम्मको साहित्यिक यात्रा रचनाबाटै सुरु भएको छ । त्यसैले नेपाली साहित्यमा रचनाको योगदानका बारेमा यो सानो परिचयले एक छेउ मात्र पनि कोट्याउन सकिदैन भन्ने कुरामा म भित्र कुनै द्विविधा छैन । यस बारेमा धेरै ठूलो अनुसन्धानको जरूरी छ । ‘रचना’ पत्रिकालाई सामान्य साहित्यिक पत्रिकाको रूपमा मात्र हेर्न मिल्दैन, यो नेपाली साहित्यको महŒवपूर्ण पाठशाला पनि हो । यही पाठशालाबाट यात्रा शुरु गरेर कैयौँ स्रष्टाहरूले नेपाली साहित्यलाई महŒवपूर्ण योगदान पु¥याएका छन् । ‘रचना’ पत्रिकाको बारेमा बोल्नु भनेकै रोचक घिमिरेको बारेमा सङ्गसँगै बोलिनु हो । रोचक घिमिरे नभएको भए ‘रचना’ जस्तो पाठशालाको स्थापना सम्भव नै थिएन । रचनालाई बीचबीचमा अरू साहित्यिक सहृदयीहरूले प्रसस्तै सहयोग गर्नु भएको छ तर रचना र रोचक घिमिरे एक अर्काका पर्यायवाची बनिसकेका छन् ।

रचना बाहेक घिमिरेले नेपाल साहित्यिक पत्रकार सङ्घको मूखपत्र ‘आलेखन’ को पहिलो अङ्कको प्रधान सम्पादकको भूमिका पनि निर्वाह गर्नु भएको छ । नेपाली साहित्यिक पत्रकारिता जगतको अर्काे विशिष्ट पत्रिका ‘अभिव्यक्ति’को पहिलो अङ्कको सम्पादनमा महŒवपूर्ण भूमिकाका साथै कैयौँ अन्य पत्रिकाहरूको पनि उहाँले थप सम्पादन गर्नु भएको छ । नेपाली साहित्यिक पत्रकारितामा रोचक घिमिरेको स्थान अत्यन्त उँचो छ ।

स्रष्टा व्यक्तित्व

साहित्यिक पत्रकारिताको अग्लो व्यक्तित्व पछि उहाँको अर्काे व्यक्तित्व स्रष्टा व्यक्तित्व नै हो । २०७४ सालमा प्रकाशित उहाँको ‘अनुहार र अनुभूति’ र २०५६ सालमा प्रकाशित ‘सम्झनामा  फक्रिएका थुँगाहरू’ नामक निबन्धात्मक कृतिहरूले उहाँले स्रष्टा व्यक्तित्वको राम्रो परिचय दिएका छन् । यी दुवै कृतिमा समेटिएका संस्मरणात्मक निवन्ध पढेर नेपाली साहित्यका पाठकहरूले नयाँ प्रसङ्गहरू प्रशस्तै प्राप्त गर्न सक्नेछन् ।

यी दुई सङ्ग्रहभित्रका स्रष्टाकेन्द्रित निवन्धहरू मेरा दृष्टिमा नेपाली साहित्यका लागि महत्वपूर्ण कोशेली हुन् । केही विदेशी र मूल रूपमा नेपाली मूर्धन्य साधकहरूमा केन्द्रित रहेर लेखिएका यी संस्मरणात्मक निवन्धहरू अझ पछिल्ला दिनहरूमा खोजिने र पढिने रचना हुनेछन् भन्ने मलाई लाग्छ । उहाँको पहिलो कृति ‘सम्झनामा फक्रिएका थुँगाहरू’ मा सङ्ग्रहित १४ वटा रचनाहरू मध्ये बाह्रवटा रचनाहरू नेपाली साहित्यका मूर्धन्य स्रष्टाबारे केन्द्रित छन् भने अन्य दुई वटा रचना साहित्यका अन्य सन्दर्भसँग जोडिएका छन् । यो कृतिले २०५६ सालको उत्तम शान्ति पुरस्कार पनि प्राप्त गरेको थियो । साझा प्रकाशनबाट प्रकाशित भएको यो पुस्तक नेपाली निवन्ध साहित्यको अत्यन्तै महत्वपूर्ण कृति बन्न पुगेको छ । 

२०७४ सालमा प्रकाशित भएको अर्काे निवन्धात्मक कृति ‘अनुहार र अनुभूति’ लाई युवा समालोचक महेश पौडेलले ‘एउटा दुर्लभ अभिलेख’ को संज्ञा दिएका छन् । यी दुई साहित्यिक कृतिहरूले नेपाली साहित्यमा रोचक घिमिरेको स्थान अग्लो र परैबाट सबैले स्पष्ट रूपमा देखिने गरी बनेको छ भन्ने मलाई लाग्छ । रोचक घिमिरेले थोरै लेख्नुभयो । आत्मविश्वासका साथ लेख्नुभयो । आधिकारिक र जिम्मेवार भएर लेख्नु भयो ।

संगठक  व्यक्तित्व

साहित्यिक पत्रकार र स्रष्टा  व्यक्तित्वपछि रोचक घिमिरेको अर्काे चर्चा गर्नुपर्ने व्यक्तित्व सङ्गठक व्यक्तित्व पनि हो । उहाँ नेपाली साहित्यिक पत्रकारहरूको छाता सङ्गठनको अभाव खट्किरहेको बेला नेपाल साहित्यिक पत्रकार सङ्घको २०६३ सालदेखि २०७३ सालसम्म करिब दस वर्ष अध्यक्षको भूमिकामा रहेर नेतृत्व प्रदान गर्नुभयो । नेपालका साहित्यिक पत्रिकाहरूले प्रेस काउन्सिलबाट श्रेणि निर्धारण र नियमित सरकारी सहयोग प्राप्त गर्ने काम उहाँकै नेतृत्वमा भयो । नेपाल साहित्यिक पत्रकार सङ्घमा हालसम्म नेपालबाट प्रकाशित भएका सबैजसो साहित्यिक पत्रिकाहरू आबद्ध भएका छन् । उहाँ हाल पनि रमेश विकल साहित्य प्रतिष्ठानको अध्यक्ष र भैरव पुरस्कार गुठीको अध्यक्ष हुनुहुन्छ । २०६४ सालदेखि २०७० सालसम्म ६ वर्षे वासुदेव विद्यादेव लुइँटेल पुरस्कार गुठीको उहाँले सफलतापूर्ण अध्यक्षको भूमिकामा रहेर नेतृत्व प्रदान गर्नुभयो । विशालनगर हाँडिगाउँ सम्पदा समाज, जनसरोकार समाज, सिस्नुपानी नेपाल, प्रेस काउन्सिल नेपाल, विशालनगर पुस्तकालय आदि संस्थाहरूमा रहेर उहाँले प्रशस्तै साहित्यिक योगदान गर्नु भएको छ । तसर्थ उहाँको अर्काे महŒवपूर्ण व्यक्तित्व साहित्यिक सङ्गठन अर्थात् अभियन्ता व्यक्तित्व पनि हो भन्ने मलाई लाग्छ । 

एकजना निष्काम कर्मको रूपमा आजीवन साहित्य सेवामा लाग्ने मूर्धन्य व्यक्तित्वको योगदानालाई यति छोटो लेखमा मैले प्रस्तुत गर्न सक्ने कुरै थिएन । मोटामोटी रूपमा मात्र मैले यहाँ राख्ने प्रयत्न गरेको छु । करिब तीन दर्जन पुरस्कार एवम् सम्मानबाट सम्मानित घिमिरेले विशिष्ट साहित्यिक व्यक्तित्वका स्मृतिमा प्रकाशित स्मृति ग्रन्थहरूको समेत सम्पादन गर्नुभएको पाइन्छ ।

उहाँले जति मानिसहरूसँग सङ्गत गर्नुभयो र निकट रहनुभयो उनीहरूलाई रोचक घिमिरेको निष्ठावान् र प्रतिवद्ध व्यक्तित्वले निकै प्रभाव पारेको मैले अनुभव गरेको छु । यो बारेमा एउटा रोचक प्रसङ्ग छ । हामी नेपाल साहित्यिक पत्रकार सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन गर्ने तयारीमा थियाँै । साथीहरूले रोचक घिमिरे, मोहन दुवाल र मलाई आर्थिक सहयोग सङ्कलन गर्ने जिम्मेवारी दिनुभयो । त्यही क्रममा एक दिन हामी केही प्रकाशन संस्था र सहयोगीहरूकोमा जाने निधो ग¥यौँ । “धेरैतिर नजाउँ ! दुइ चार जनाकोमा मात्र जाउँ !” रोचक घिमिरेले प्रस्ताव राख्नु भयो ।

हामीले त्यसदिन तीस हजार रूपैयाँ उठाउने निधो गरेका थियौँ । दुइवटा प्रकाशन संस्था र साझा प्रकाशनमा गएर एक्काइस हजार जम्मा ग¥यौँ । अब जाने पालो थियो । साहित्यकार कमलमणि दीक्षितका घरमा । हाम्रो योजनाअनुसार नौ हजार रूपैयाँ उठ्न बाँकी थियो । कमलमणि दीक्षितलाई हामीले भेट्नको कारण भनेपछि रोचक घिमिरेलाई देखाउँदै भन्नुभयो– ‘रोचकजीले जति भन्नुहुन्छ म त्यति दिन्छु । ‘लाख करोड माग्नुभयो भने पनि दिन्छु ।’

रोचक दाइ पनि अल्मलिनुभयो र पल्याक पुलुक हामीतिर हेर्न थाल्नुभयो । हामी पनि अचम्मित भयौँ ।

“भन्नुस, भन्नुस तपाईं जति भन्नुहुन्छ । म त्यति दिन तयार छु ।” कमलमणि रोचक दाइतिर संकेत गर्दै भन्दै हुनुहुन्थ्यो ।

यता रोचक दाइ अकमकाइरहनुभएको थियो । हामीसँग पनि सल्लाह लिन खोज्दै हुनुहुन्थ्यो । हामी पनि केही भन्न सकिरहेका थिएनौँ ।

“नौ हजार” रोचक दाइले विस्तारै भन्नुभयो । त्यसदिन कमलमणि दीक्षितबाट नौ हजार सहयोग लिएर हामीले तीस हजार रकम जम्मा ग¥यौँ ।

रोचक घिमिरेलाई नजिकबाट चिन्नेहरू उहाँको निष्ठा र इमान्दारीताप्रति कति प्रभावित थिए भन्ने यो एउटा दृष्टान्त मलाई महत्वपूर्ण लाग्छ ।

रोचक घिमिरेसँगको करिब एक दशकको सान्निध्यले एउटा कुरा चाहिं प्रष्टसँग भन्न सक्छु कि राजनीति, साहित्य सबैतिर मूल्यहिनताको खडेरी परिरहेको वर्तमान परिवेशमा उहाँ पहिल्लो पुस्तालाई देखाउन सकिने मूल्य र निष्ठा सहितको एकजना विशेष व्यक्तित्व हुनुहुन्छ । 

                                                                                       000 

No comments:

Post a Comment