Friday, September 21, 2018

परिवर्तित सन्दर्भमा प्रगतिशील लेखक सङ्घ - मातृका पोखरेल


साभार : गोरखापत्र दैनिक २०७५ साल असोज ५ गते शुक्रवार 

---------------------------------------------------------------------------------------------------------
परिवर्तित सन्दर्भमा प्रगतिशील लेखक सङ्घ
-  मातृका पोखरेल


वि.सं. २००९ मा प्रगतिशील लेखक सङ्घको स्थापना स्वस्फूूर्त नभएर समयको आवश्यकता थियो । पश्चिम नेपालमा वि.सं. १८०४ मा जन्मिएका शशिधर पौडेलको जोसमनी सन्त परम्पराको अनुुयायी बनेर सञ्चालन गरेको अभियान, ज्ञानदिलदासको अभियान, योगमायाको अभियान, वि.सं. १९७७ सालको मकैपर्व, धरणीधर कोइरालाको ‘नैवेद्य’ प्रकाशन आदि अभियान र प्रकाशनले प्रगतिशील साहित्यिक आन्दोलनको महìवपूूर्ण आधारभूूमि तयार भइरहेको थियो । यी सबै घटनाहरूको प्रभाव स्वरूप नेपालका बुुद्धिजीवी र साहित्यकारहरूलाई एउटा बलियो संगठनको आवश्यकता परिरहेको थियो । त्यही आवश्यकताको बीचबाट प्रगतिशील लेखक सङ्घको जन्म हुनपुुग्यो । 
प्रगतिशील साहित्यिक अभियान र सङ्गठित ढङ्गले अघि बढ्नुुका पछाडिको पृष्ठभूूमि खोज्दै जाँदा हामी धेरै टाढा अर्थात् प्राथमिक कालतिरै पनि पुुग्न सक्दछौं । प्राथमिक कालमा भानुुभक्त आचार्यहरूले रामकथाका माध्यमबाट जसरी नेपाली समाजमा आध्यात्मिक आदर्श र भाग्यवादको प्रचार गरिरहेका थिए, त्यसको विरुद्धमा निर्गुुण भक्तिधाराअन्तर्गतका सन्त साहित्यकारहरूले सामाजिक विकृति, धार्मिक विकृति, कर्मकाण्डीय विकृतिका विरुद्धमा आलोचनात्मक चेतना सहितको साहित्य सिर्जना गरे । त्यतिबेलैदेखि धार्मिक पाखण्डका विरुद्ध आलोचनाको स्वर प्रकट हुनथाल्यो । 

माध्यमिक काललाई हामी शृङ्गारकालका रूपमा लिने गर्छौं । राणाशासनको जाँतोमुुनि चेपिएको अवस्थामा शासकहरूको खुुसी पार्नु साहित्यको प्रधानता रहेको समयमा सामाजिक चिन्तनमुुखी प्रभाव खासै पाइँदैन । उन्नाइसौं शताब्दीको अन्तिमतिर सामान्ती सोच र संस्कारका विरुद्धमा आलोचनात्मक स्वर अघि बढेको पाइन्छ । धरणीधर कोइरालाले ‘नयपाली ठिटो’ कविता मार्फत गणतन्त्रको चेतना प्रकट परे । गोपालप्रसाद रिमालले ‘आमाको सपना’ कविता मार्फत क्रान्तिचेतनाको अभिव्यक्ति दिए । उनका क्रान्तिधर्मी कविताबाट नेपाली प्रगतिवादी कविताको आरम्भ र विकासमा महìवपूूर्ण पृष्ठभूूमि निर्माण भएको छ । वि.सं. २००३÷००४ तिर लक्ष्मीप्रसाद देवकोटाको ‘साँढे’ ‘प्रभुुजी ! मलाई भेडो बनाउ’, जस्ता कविताले तत्कालीन निरङ्कुुशता र उत्पीडनको विरुद्ध आलोचनात्मक स्वर प्रकट भयो । 


वि.सं. २००६ मा औपचारिक रूपमा नेपालमा कम्युुनिस्ट पार्टीको स्थापना भएपछि नेपालमा माक्र्सवादी चिन्तन र दर्शनको प्रवेश भयो । वि.सं. २००७ कै सेरोफेरोमा नेपालमा प्रगतिवादी साहित्यले गति लिन थाल्यो । वि.सं. २००८ मै कृष्णचन्द्रसिंह प्रधानले ‘भन्ज्याङ्निरै’ कवितासङ्ग्रह प्रकाशन गरेर पहिलोपटक व्यक्तिगत रूपमा प्रगतिशील साहित्यिक कृतिको आरम्भ गरे । 

प्रगतिशील लेखक सङ्घको स्थापन पछि नेपाली साहित्यमा नयाँ दृष्टिकोण र नयाँ सोचको विकास तीव्र रूपमा भयो । यथास्थितिभन्दा केही अघि बढ्ने दृष्टिकोण भएका स्रष्टालाई यसले भरपर्दो छहारी प्रदान ग¥यो । लेखकहरूले वैचारिक लक्ष्य र आदर्शलाई कला साहित्यमा स्थापित गर्न थाले । सामन्तवाद र साम्राज्यवाद विरोधी धारणाले बल पाउन थाल्यो । प्रगतिशील लेखक सङ्घको स्थापनापछि प्रगतिशील भावधारामा सिर्जना गरिरहेका स्रष्टाहरू क्रमशः प्रगतिवादी धारा अर्थात् माक्र्सवादी धारामा सिर्जना गर्न पुुग्दछन् । प्रगतिशील लेखक सङ्घकै अगुवाइमा नयाँ पुुस्ताले एउटा विद्रोही चेतना भेट्यो । गोकुुल जोशी, केवलपुुरे किसान आदिका कविताहरूले कविता ‘मालिक’हरूको सेवामा मात्र फन्को मारेर बस्ने कुुरा होइन, झुुप्राहरूमा बस्ने शोषित पीडितहरूको पक्षमा पनि बोल्न सक्दो रहेछ भन्ने सन्देश जनजनको बीचमा पुुग्यो । नेपाली युुवामा आएको राष्ट्रिय अन्र्तराष्ट्रिय जागरणको हुुटहुुटी र छटपटीको परिणाम स्वरूप यो संस्था स्थापित भएपछि प्रगतिशील साहित्यिक पत्रिकाहरू व्यवस्थित रूपमा निस्कन थाले । श्यामप्रसाद शर्मा, केवलपुुरे किसान, गोकुुल जोशी, युुद्धप्रसाद मिश्र, भूपि शेरचन, रमेश विकलहरूले प्रगतिशील साहित्यको आरम्भिक कालमा संगठन र सिर्जनाका दुवै क्षेत्रबाट सक्रिय हस्तक्षेप गरे । 

वि.सं. २००७ को सेरोफेरोबाट सुुरु भएको नेपाली साहित्यको नवीन सोच र चिन्तनलाई सङ्घले सांगठनिक नेतृत्व प्रदान गरेर अघि बढेको पाइन्छ । स्थापनाको पहिलो दशकसम्म यो संस्थाको सक्रियता मनग्गे देखिए पनि वि.सं. २०२० पछि भने लामो समय निष्क्रिय अवस्था रह्यो । तर पनि प्रगतिशील स्रष्टाहरूले कला साहित्यमा विचार, दर्शन, यथार्थ र कल्पनाको समन्वय गरेर सिर्जना गर्न छाडेनन् । निरङ्कुुश पञ्चायती व्यवस्थाको विरुद्धमा प्रगतिशील स्रष्टाहरूले अग्रिम मोर्चामा रहेर अभिव्यक्तिको माध्यमबाट मात्र नभएर भौतिक रूपमै सडकमा उत्रिए । तीसको दशकमा बुुटवलमा गठित रेलिमाइ सांस्कृतिक मण्डल र त्यसपछि राष्ट्रिय गतिविधिमै सर्वाधिक चर्चित ‘संकल्प’ परिवार र ‘वेदना’ परिवारको सक्रियताले नेपाली समाज रूपान्तरणकै इतिहासमा सर्वाधिक महìव राख्दछ । 

वि.सं. २०४६ चैत्र ३ को प्रदर्शन होस् या २०५८÷०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुुशताका विरुद्धमा सञ्चालित आन्दोलनका सन्दर्भमा बनेका प्रतिगमन विरोधी स्रष्टाहरूको संयुुक्त समिति वा लोकतान्त्रिक स्रष्टाहरूको संयुुक्त मञ्चको स्थापना र गतिविधिमा प्रगतिशील लेखक सङ्घको नेतृत्वदायी भूूमिका रह्यो । 

प्रगतिशील लेखक सङ्घको स्थापनापछि नेपाली साहित्यमा स्थापित नयाँ सौन्दर्य चेतना अहिलेसम्म आइपुुग्दा नेपाली साहित्यको मूूलधारमा यात्रारत छ । यतिबेला प्रगतिशील लेखक सङ्घको ६६ औं वार्षिकोत्सवको तयारी छ तर हाम्रा अघिल्तिर केही महìवपूूर्ण प्रश्नहरूले उत्तर खोजिरहेका छन् । यी प्रश्नका उत्तरहरू कसरी गम्भीरतापूूर्वक दिने कोसिस गर्छौं, प्रगतिशील आन्दोलनको भविष्य त्यसैमा निर्भर छ । 

वर्तमानसम्म आइपुुग्दा प्रगतिशील लेखक सङ्घमाथि केही प्रश्नहरू उठेका छन् । सङ्घमाथि मात्र होइन, प्रगतिशील लेखकमाथि पनि उठेका छन् । प्रगतिशील साहित्य र संस्कृतिको हितका निम्ति उठेका प्रश्नहरूप्रति सकारात्मक धारणासहित हामी अगाडि बढ्नुु जरुरी छ । 

प्रगतिशील लेखक सङ्घ सम्पूर्ण प्रगतिशील साहित्यकारहरूको साझा मोर्चा भए पनि केही साहित्यकारहरू यसमा आबद्ध हुन सकिरहेका छैनन् । त्यसको कारण खोज्न जरुरी छ । नेपाली जनताको हित चाहने लेखक सबैलाई यस संस्थामा गोलबन्द हुने वातावरण मिलाउन जरुरी छ । हामीले भोक, गरिबी, उत्पीडन, अज्ञानता र अन्धविश्वासबाट मुुक्त जीवनको निर्माणका निम्ति नेपाली श्रमजीवी जनता सँगसँगै समाज स्वरूप देख्नुुपर्छ । हाम्रा सिर्जना त्यही स्वप्नका कथा हुनुुपर्दछ । 


यताका केही वर्षदेखि प्रगतिशील लेखनमा वैचारिकताको अभाव रहेको धारणा धेरैतिरबाट आउन थालेको छ । पुरानो पिँढीमा देखापरेको वैचारिक निख्खरता नयाँ पिँढीमा नरहेको चर्चा चलिरहेकै छ । प्रगतिशील आन्दोलनमा हिँड्नेहरूका निम्ति यो समीक्षाको विषय हो । प्रतिबद्ध लेखन प्रगतिवादी लेखनको आधार हो । प्रतिबद्ध लेखनका बारेमा प्रगतिशील संगठनहरूमा हिँड्नेहरूमै द्विविधा देखिएको छ । प्रगतिशील सङ्घ÷संगठनमा हिँड्नेहरू नै सबै साहित्य प्रगतिशील हुुन्छ भनेर गैरवैचारिक कुरा गर्नेहरूको संख्या बढ्दो छ । यो दृष्टिकोणको समस्या हो । हाम्रो प्रगतिशील आन्दोलन दृष्टिकोणको समस्याबाट ग्रस्त छ भन्ने यो ठूूलो प्रमाण हो । 

नेपाली समाजमा व्यापक परिवर्तन आइरहेकै छ । पुराना विश्वास र मान्यताका आधारमा जगहरू हल्लिरहेका छन् । प्रगतिशील साहित्यमा सच्चाउनै पर्ने अर्को समस्या गुुटगत समस्या हो । यो समस्याले प्रगतिशील साहित्य अघि बढ्न केही अप्ठ्यारो परिरहेको छ । गुुटगत स्वार्थका कारण राम्रो साहित्य पछि पर्ने र कमजोर साहित्यको बढी चर्चा हुुने सम्भावना बढ्छ । यही कारण सम्पूर्ण प्रगतिशील साहित्यकारहरूबीच भाइचारा सम्बन्ध स्थापित हुन सकिरहेको छैन । कतिपय सन्दर्भमा प्रतिपक्षी लेखक÷साहित्यकारहरू भन्दा प्रगतिशील लेखन क्षेत्रका स्रष्टाहरू प्रति अनावश्यक आलोचनात्मक हुने प्रवृत्ति पनि देखिएको छ । यो चिन्तन आफैंमा अप्रगतिशील छ । यस्ता केही महìवपूूर्ण समस्याहरू प्रगतिशील आन्दोलनमा भएका कारण यो आन्दोलन प्रहार गर्नुुपर्ने ठाउँमा प्रहार नगरी आफै त्यसै भौँतारिएको महसुुस हुुन्छ । 

सामन्ती संस्कृति हाम्रो नसानसामा जरो गाडेर बसेको छ । साम्राज्यवादी संस्कृतिले  नयाँ रूप कलेवरमा हाम्रा सांस्कृतिक मूूल्यहरूमाथि आक्रमण गरिरहेको छ । देशमा व्याप्त अँध्यारो संस्कृति फालेर उज्यालो संस्कृति स्थापना गर्न कटिबद्ध हुनेहरूले प्रगतिशील लेखक सङ्घलाई नयाँ उत्साहका साथ अघि बढाउन सिवाय अर्को विकल्प छँदै छैन । श्रमजीवी जनतासँगको क्रमशः बढ्दै गएको दूरीलाई घटाउँदै कला साहित्यका माध्यमबाट नयाँ र सुुन्दर नेपाल बनाउने अभियानमा हाम्रो सिर्जनात्मक दृढता समयको माग हो ।

www.gorkhapatraonline.com बाट साभार 

No comments:

Post a Comment