Sunday, July 5, 2026

'निजी क्षेत्रबाट प्रकाशित हुने साहित्यिक पत्रिका प्रकाशन सम्वन्धी चुनौती' बिषयक विमर्श एवम् हिमाद्रि -३७ ओैं अङ्क लोकार्पण कार्यक्रम सम्पन्न

चेरब स्मृति प्रतिष्ठानले मिति २०८३ सालअसार २० गते शनिवारका दिन  प्रतिष्ठानबाट प्रकाशित हुने हिमाद्रि साहित्यिक त्रैमासिक पत्रिका लगायत निजी क्षेत्रबाट प्रकाशित हुने साहित्यिक पत्रिका प्रकाशन, सञ्चालन र व्यवस्थापनका लागि वर्तमानमा अवस्थामा आइपर्ने चुनौतीवारे दृष्टिकोण,चुनौती,भूमिका,ओैचित्यका बारेमा  पुतलीसडकस्थित ग्रिन लिफ फुड क्याफेमा   विमर्श कार्यक्रम आयोजना गर्यो ।उक्त कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ,ईतिहासविद् श्री दिनेशराज पन्त हुनुहुन्थ्यो।  प्रतिष्ठानका अध्यक्ष पुण्य घिमिरेको सभापतित्वमा भएको  कार्यक्रममा विशेष अतिथिहरूमा प्राज्ञ,भाषाआयोगका सदस्य श्री मातृका  पोखरेल,प्रशिद्ध लघुकथाकार श्री युवराज मैनाली,वरिष्ठ आख्यानकार श्री गोपीनाथ मैनाली,वरिष्ठ साहित्यकार श्री महेश प्रसाईं,प्राडा विष्णु राई,वरिष्ठ साहित्यकार विनोद मञ्जन,वरिष्ठ  साहित्यकार हरिप्रसाद शिलवाल लगायत वरिष्ठ साहित्यकारहरू डा.पुष्करराज भट्ट,डा. नवराज रिजाल,विष्णु बहादुर सिंह,सिस्नोपानी नेपालका अध्यक्ष श्री लक्ष्मण गाम्नागेज्यू, ज्योति पत्रिकाका सम्पादक  मणिराज सिंह,विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष त्रय श्री विष्णुबदुर सिंह, केशव रूपाखेती तथा कृष्णदेव रिमाल शब्द सेना ,विकसासकै सचिव मकुन्द प्रसाईं , केशव रूपाखेती अतिथि   हुनुभएको कार्यक्रमामा पत्रकारहरू र विशिष्ठ श्रोतागणको घना उपस्थिति  रहेको थियो।

सो कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिका बाहुलीबाट हिमाद्रि पत्रिकाको३७ओैं अङ्क लोकार्पण भएको थिय‍ो भने वरिष्ठ साहित्यकार कृष्णदेव रिमाल शब्दसेनाले समीक्षा गर्नु भएको थियो ।

कार्यक्रममा सभापति र प्रमुख अतिथि बाहेक वरिष्ठ लेखक  एवम् साहित्यकारहरूको सुन्दर उपस्थिति  रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि लगायत गोपी मैनाली, ठाकुरप्रसाद शर्मा भण्डारी ,प्राडा.विष्णु राई ,डा. विनोद मञ्जन , प्राज्ञ मातृका पोखरेल तथा साहित्यकार महेश प्रसाईले क्रमश: साहित्यिक पत्रकारिताको दृष्टिकोण, चुनौती, साक्षात्कार, भूमिका, ओैचित्य र सारसंक्षेप विमर्श गर्नु भएको थियो । सभापतिको आसनबाट पुण्य घिमिरेले  प्रतिष्ठानले साहित्यको  यो विमर्शले साहित्यिक पत्रिका प्रकाशनमा प्रकाशक सम्पादक विज्ञापनदाता,पाठक सबै लाई सोच्न र चिन्तन गर्न बाध्य पारेको विचार राख्नुभयो ।   उक्त कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष धर्म प‍ोखरेलले सञ्चालन गर्नु भएक‍ो थिय‍ो ।  

000

पुण्य घिमिरेको फेसबुक वाल बाट 












































Wednesday, April 8, 2026

कोशी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल

कोशी प्रदेश सभा, सामाजिक विकास समितिले कोशी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल कार्यक्रमको आयोजना गऱ्यो । वि.सं. २०८२ साल चैत २४ गते कोशी प्रदेश सभा सचिवालयमा सामाजिक विकास समितिका अध्यक्ष गयानन्द मण्डल गनगाईंको सभापातित्वमा भएको कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय राम प्रसाद महतोले कोशी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याउनको उद्देश्य र कारण प्रष्ट पार्नुभएको थियो । त्यसपछि भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले कोशी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आफ्नो धारणा राख्नु भएको थियो । त्यसैगरी भाषा विज्ञ अम्बर जंग लिम्बु, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव श्री उद्धव प्रसाद रिजाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून प्रदेश सचिव राजु प्रसाद गुरागाईँ, सहायक महान्यायधिवक्ता सुदर्शन निरौला र आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून उपसचिव भोजराज दाहालले पनि विधेयकमाथि आफ्ना धारणाहरू राख्नुभयो । त्यसपछि प्रस्तुत विधेयकमाथि माननीय मन्त्री एकराज कार्की, प्रदेश सभाका माननीय सांसदहरू मा. राजेन्द्र कार्की, मा. गीता रेग्मी, मा. विद्याचाम्लिङ राई, मा. नमलाल धिमाल, मा. ममता, मा. निर्मला तावाले विधेयकका विविध पक्षहरूमाथि आफ्ना धारणाहरू सहित केही जिज्ञासा राख्नु भएको थियो । उठेका जिज्ञासामाथि भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल र भाषाविद् अम्बरजंग लिम्बुले प्रष्ट पार्ने कोशिस गर्नुभएको थियो । कार्यक्रमको अन्तमा कोशी प्रदेश सभा सामाजिक विकास समितिका सभापति मा. गयानन्द मण्डल गनगाईंले विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुने कोशी प्रदेश सभाका माननीय सदस्यज्यूहरूसँग छलफल गरी आगामी अधिवेशनमा पारित गर्ने जानकारी गराउनु भयो ।

000